१९ कार्तिक २०८३, बिहिबार

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त हुनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले  मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गर्नुभएको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त हुनुभएको थियो । – रासस