१९ कार्तिक २०८३, बिहिबार

नगर बसको अध्यक्षमा पुन : दिपक मगर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ चैत । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाईको १४ औं अधिवेसनले पुनः दिपक रुचाल मगरलाई नै अध्यक्षमा चयन गरेको छ ।

बुधबार भएको अधिवेसनले उपाध्यक्षमा रामप्रसाद उप्रेती, सचिव जीवन रानामगर, सह–सचिव मनोज मर्हजन, कोषाध्यक्षमा रमेश तामाङलाई चयन गरेको छ । भेलाले सदस्यहरुमा राजन गिरी, डोरबहादुर रिमाल, ओमनारायण श्रेष्ठ, निरबहादुर गुरुङ, कुमार खत्री र केशव बुढाथोकी चयन भएका छन ।

त्यस्तै, संयुक्त यातायात इकाईको अधिवेसनले अध्यक्षमा विष्णुप्रसाद अधिकारी, उपाध्यक्षमा पवन देवकोटा, सचिवमा चन्द्रकुमार नगरकोटी, सहसचिव अनिष गुरुङ, कोषाध्यक्ष पुरुषोत्तम अधिकारी चयन भएका छन । सदस्यहरुमा रेशम कार्की र विरु भुजेल चयन भएका छन ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सरकारले सामाजीक सुरक्षा कोष मार्फत सम्पुर्ण मजदुर वर्गमा पेन्सनको व्यवस्था गरेको बताए । श्रेष्ठले गाडी चलाउने चालक पनि देश चलाउने उद्देश्य राख्नुपर्ने बताए ।

उनले मजदुर अधिकारको पक्षमा २००३ सालमा मनमोहन अधिकारी र गिरीजाप्रसाद कोइरालाले सुरु गरेको संघर्ष अझै जारी रहेको भन्दै रुपान्तरण मजदुर वर्गको श्रमशक्तिबाट मात्रै सम्भव रहेको बताए ।

श्रेष्ठले यातायात क्षेत्रका समस्या हटाउन सिण्डीकेट हटाइएको भन्दै सबै यातायात व्यावसायीलाई जेठ मसान्तसम्म कम्पनीमा जान आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ३ नंबर प्रदेश अध्यक्ष रामहरी नेपाल, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसी, दिपक अधिकारी, नेपाल यातायात व्यावसायी ३ नंबर प्रदेश संयोजक धर्मराज रिमाल, उपत्यका स्वयम्भु बस सेवा समितिका अध्यक्ष रामकृष्ण न्यौपानेलगायतले अधिवेसन सफलताको शुभकामना दिएका थिए ।