आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

श्रेष्ठको उजुरीले प्रचण्डलाई कुनै असर नपर्ने, अमेरिकाले जारी गर्‍यो ‘नो ईन्भेष्टीकेसन’ सर्कुलर

दैनिक नेपाल २०७५ चैत ५ गते १८:२६

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो । प्रचण्डलाई जारी गरिएको उक्त आन्तरिक सर्कुलर भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको थियो ।

यसअघि प्रचण्डविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेको समाचार आएको थियो ।

के हो ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित