१९ कार्तिक २०८३, बिहिबार

सुर्खेत पुग्यो राप्रपा (संयुक्त)को टोली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पुर्नस्थापना गर्न जनतामा जाने बताएका छन् ।

‘प्रधानन्त्रीले विप्लव समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारवाही गरेर देखाउन हामी चुनौती दिन्छौं,’ सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले भने ।

राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य उनले बताए । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने उनको भनँई छ । ‘आवश्यक परे आन्दोलन पनि गर्छौं,’ राणाले भने ।

संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको अर्का अध्यक्ष लोहनीले बताए । त्यही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले आफूहरुलाई निमिट्यान्न पार्ने धम्की दिएको लोहनीको आरोप छ । ‘बुद्धिजीवीलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौ,’ अध्यक्ष लोहनीले भने ।

नाटकीय परिवर्तन गर्ने जिम्मेवारी पाएको सरकार भ्रष्टाचारले डुङडुङ गनाएको अध्यक्ष राणाले बताए । वाइड बडी प्रकरणमा सरकारले सर्वदलीय सहमति नै कायम गरेको उनको आरोप छ । ‘बुढी गण्डकी परियोजनामा बिना टेण्डर ठेक्का दिएर सरकारले व्यापक अनियमितता गर्यो । मेलम्चीको हकमा त बर्खास्त भएको सम्बन्धित सविचले पत्रकार सम्मेलन गरेरै सबै कुरा प्रष्ट पारे । त्यहाँ पनि कमीसनकै चक्कर हो,’ राणाले भने ।

राणाले ८१ प्रतिशत हिन्दु, ९४ प्रतिशत ओमकार परिवार भएको देशमा धर्मनिरपेक्षको व्यवस्था अन्यायपूर्ण भएको धारणा राखे ।