२० कार्तिक २०८३, शुक्रबार

दाङमा बस दुर्घटना : एक जनाको मृत्यु, ३५ घाइते

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ४ चैत । दाङमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य, ३५ यात्रु घाइते भएका छन् । दुर्घटनामा बसका सहचालक रोल्पा रुन्टीगढी ७ का २३ बर्षिय हर्कबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

राेल्पाबाट दाङकाे घाेराहीतर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस घोराही-होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक दुर्घटनामा परेको हो ।

तीब्र गतिमा रहेको बसले जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको हो । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ ।