२० कार्तिक २०८३, शुक्रबार

मेडिकल कलेजले लिने बढि शुल्क फिर्ता गराउन विवेकशील साझाको माग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । विवेकशील साझा पार्टीले मेडिकल कलेज र शैक्षिक संस्थाहरुमा बढी शुल्क असुलीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीहरुबाट लाखौँ ठगी गरेका समाचारहरु प्रकाशित भइरहेकाले सरकारले त्यसतर्फ ध्यान दिन विवेकशील साझाले आग्रह गरेको छ ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै धेरै शुल्क लिने दोषी कलेजहरुलाई कारवाही गर्नेतर्फ सरकार उदासीन भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘यसबाट विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता गर्न र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाहरुको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।’