
काठमाडौँ, १ चैत । न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ। गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ।
प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन्।
एक एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले २७ जनाको मृत्यु भएको जनाएको छ। अझै मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन्।
मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो।
प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ। उनले भने, ‘अहिले यस घटनामा कोको संलग्न थिए भन्ने बारे अनुसन्धान भइरहेको छ।’
न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देशका नाममा सम्बोधन गर्दै न्युजिल्यान्डको अहिलेसम्मकै कालो दिन भएको बताएका छन्।
उक्त एरियाका अस्पताल र स्कुल बन्द गर्न लगाइएको छ। घटनामा अरु व्यक्ति सहभागी रहे नरहेकोबारे छानबिन भइरहेको छ। -एजेन्सी















प्रतिक्रिया