५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्री हेरफेरको तयारी, प्रचण्डसँग परामर्श

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको एक बर्षमा मन्त्रिपरिषदका सदस्य फेर्ने तयारी गरेका छन् ।

यस विषयमा उनले मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेका छन् ।

प्रधानमन्त्रीको मुल्यांकनका आधारमा मन्त्री फेर्न सकिने बताउँदै प्रचण्डले त्यसको पुष्टि गरेका छन् । को–को मन्त्री फेर्ने भन्ने प्रधानमन्त्रीले नै तय गर्नेछन् ।

मन्त्रीको कामको मुल्यांकनका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का अन्य सदस्यलाई फेर्न लागेका हुन् । केही समयअघि मन्त्रीको कामको मुल्यांकन प्रधानमन्त्री ओलीले थालेका थिए ।