५ कार्तिक २०८३, बिहिबार

भीम रावलको चेतावनी – ‘कुरा नबुझि प्याच्च नबोल्नुस्’

82.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले देशको हितमा बोल्दा कसैको टाउको दुखेको भए देशभक्तिको चक्की खान सुझाव दिएका छन् ।

आफ्नो कुरामा नबुझि प्याच्च नबोल्न पनि रावलको चेतावनी छ । सामाजिक सञ्जाल ट्वीटरमा उनले सरकार र सिके रावतबीच भएको सहमतिको विरोध गर्दा आफ्नो पार्टी भित्र आरोप खेप्नु परेको उनले संकेत गरेका छन् ।

ट्विट गर्दै उनले भनेका छन्, “नबुझी प्याच्च बोल्नु विवेकी काम होइन । मैले सभागृहमा भेला कहिल्यै गरेको छैन । अलग्ग पार्टी खोल्ने कुरा गरेको छैन, बरू पार्टी मिलाउने काम धेरैपटक गरेको छु । झण्डै १७ वर्षअघि मिनभवनमा एमाले सुदुरपश्चिम क्षेत्रीय कमिटीका ३५ सूत्रीय मागहरुबारे जानकारी गराउन भेला गरेको थिएँ ।”

“वुटबल महाधिवेशनमा छाप लागेका एक बाकस मतपत्र नगनी थन्क्याइएपछि मैले त्यस्तो अनूचित कामप्रति विरोध जनाइ शपथ ढिलो लिएको हुँ । महाधिवेशन स्थलमा शपथ नलिने अरु पनि हुनुहुन्थ्यो । मैले शपथ लिनेबेला एमालेको नेतृत्वमा सरकार बन्ने कुरै थिएन । पछि पनि मैले मन्त्री हुन खोजेको होइन । अत्यन्त प्रतिकूल स्थिति सम्हाल्न जिम्मेबारी लिइ दृढताका साथ काम गरेको हुँ ।” उनी थप्छन्, “जानकारी हो, देश शान्ति प्रक्रियामा रहेको बेला एमाले पार्टीले मलाई शिक्षामन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुसी अरु साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै बालुवाटारमा संयुक्त सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ । अहिले देशको हितमा बोल्दा कसैको टाउको दुखे देशभक्तिको चक्की खानु उचित होला ।”