मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

१४९ यात्रुसहित केन्या उडेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना

दैनिक नेपाल २०७५ फागुन २६ गते १५:२५

काठमाडौँ, २६ फागुन ।  इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ । उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका बीबीसीले जनाएको छ ।

एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। दुर्घटनामा भएको हताहतीबारे उसले केही उल्लेख गरेको छैन ।

विज्ञप्तिमा भनिएको छ, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।”

“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्। अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।

सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ। यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो।  दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।

प्रतिक्रिया
सम्बन्धित