३१ आश्विन २०८३, शनिबार

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्। कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो।

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । दुर्घटनाको कारण पनि पत्ता लाग्न बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । -एजेन्सी