३१ आश्विन २०८३, शनिबार

भारतमा लडाकू जेट विमान दुर्घटना

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २४ फागुन । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । –एजेन्सी