३१ आश्विन २०८३, शनिबार

हुवाईद्वारा अमेरिकी सरकारविरुद्ध मुद्धा दायर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ फागुन । चीनको मोबाइल तथा टेलिकम जाइन्ट हुवाईले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकाले आफ्ना सरकारी एजेन्सीमा हुवाईका उत्पादन प्रयोग नगर्न भनेको छ ।

हुवाईका उत्पादनमा शंका गर्दै अमेरिकाले सरकारी एजेन्सीमा यसको प्रयोगमाथि प्रतिबन्ध लगाएपछि चिनियाँ जाइन्ट हुवाई अदालत गएको हो ।

हुवाईका उत्पादनका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको भन्दै अमेरिकाले त्यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

हुवाईकी प्रमुख फाइनान्स अफिसर क्यानडामा पक्राउ परेपछि बढेको तनावका बिच अमेरिकाले आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएपछि हुवाईले अदालतको ढोका ढकढक्याएको हो ।