
काठमाडौँ, २१ फागुन । काठमाडौं क्षेत्र नम्बर तीन (क) का सांसद छिरिङ दोर्जे लामा र उनकी पत्नी अनु प्रसाई लामाले आफ्नो पुत्रको अन्नप्राशन गर्दा लाग्ने खर्च सामाजिक संस्थालाई प्रदान गरेका छन् ।
उनीहरुले आफ्नो पुत्रको अन्नप्राशन भोज नगरी चार लाख रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि काम गर्दै आएको संस्था नयाँ जीवन नेपाललाई प्रदान गरेका हुन् ।
यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन लामाले पनि एक महिनाको तलब संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश अर्याल र ८ का वडाध्यक्ष मनोज ढुङ्गागानाले पनि संस्थालाई सहयोग गर्ने वचन दिएको संस्थाले जनाएको छ ।
लायन्य क्लबका पूर्व गर्भनर तथा समाजसेवी कुमारराज सुवेदीले पनि संस्थालाई ४३ इन्चको टेलिभिजन र आवश्यक भौतिक सामाग्री प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।












प्रतिक्रिया