३१ आश्विन २०८३, शनिबार

भारतलाई यस्तो चेतावनी दिए अमेरिकी राष्ट्रपति ट्रम्पले

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गरेका छन् । उनले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।

भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी कंग्रेसलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । किनकी भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’

सन् १९७० मा अमेरिकाले विशेष आयात नीति बनाएको थियो । यस अन्तरगत अमेरिकामा भारत र टर्कीलाई विकासशील देशका रुपमा विशेष ग्राह्यता दिइएको थियो । ‘भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई न्यायसंगत र उचित पहुँच दिनुपर्छ, तर भारतले दिएको छैन,’ ट्रम्पले पत्रमा भनेका छन् ।

उनले अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयलाई निर्देशन दिंदै सहुलियतपूर्ण व्यापारीक सुविधा प्रदान गरिने एक कार्यक्रमबाट भारतको नाम हटाउन भनेका छन्।

जीएसपी कार्यक्रम भनिने त्यस्तो सहुलियत कार्यक्रम अन्तर्गत “निश्चित उत्पादनहरूलाई अमेरिकामा करमुक्त प्रवेश प्राप्त हुनेछ र त्यसका लागि योग्य विकासशील देशहरूले कंग्रेसले निर्धारण गरेको केही मापदण्डहरू पूरा गर्नु पर्नेछ।”

त्यस्ता मापदण्डहरूमा बौद्धिक सम्पतिको सुरक्षा, र अमेरिकालाई बजारमा युक्तिसंगत र उपयुक्त पहुँच प्रदान गर्नु पनि पर्दछन्।

राष्ट्रपति ट्रम्पको प्रस्ताव कंग्रेसले पारित गरेमा ६० दिनपछि लागू हुने छ । यसबाट भारतीय वैदेशिक व्यापारमा ठूलो चोट लाग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

तर, भारतीय वाणिज्य मन्त्रालयका सचिव अनुप धवनले भने अमेरिकाको बिशेष ग्राह्यता हट्दैमा भारतीय अर्थव्यवस्थामा ठूलो असर नपर्ने दावी गरे । उनको भनाइमा यसले १९ करोड डलरसम्म मात्रै हानी हुनेछ ।

सन् २०१७ मा भारतसँग अमेरिकी सामान र सेवाको व्यापार घाटा २७.३ अर्ब डलर थियो ।