
काठमाडौं, २० फागुन । नेल्टा प्रदेश नम्बर ३ को आयोजनामा भएको अङ्ग्रेजी शिक्षकहरुको २ दिने ‘राष्ट्रिय सम्मेलन’ हेटौंडामा सम्पन्न भएको छ । प्राथमिक तह देखि विश्वविद्यालय तहसम्म अध्यापन गर्ने झन्डै ८५० शिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।
उक्त २ दिने सम्मेलनमा अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धि विभिन्न १८० भन्दा बढी प्रस्तुतीकरण, कार्यशाला र अन्तरक्रियात्मक मेलाहरु सप्पन्न भएका थिए ।
सम्मेलनलाई सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. जयराज अवस्थी, प्रा. डा. अभि सुवेदी, प्रा. डा. बिष्णु सिंह राई, प्रा. डा. लक्ष्मण ज्ञावाली, मोतिकला सुब्ब देवान, गङ्गाराम गौतम, हेमन्त राज दहाल, डा.हरि अधिकारी, विश्वराज गौतम, वैशाली प्रधान, नारायण प्रसाद तिवारी, गुणराज नेपाललगायतले सहजीकरण गरेका थिए ।
सम्मेलनले शिक्षकहरुलाई बदलिँदो प्रबिधिको युगमा आफ्ना शिक्षण क्रियाकलापहरुलाई थप प्रभावकारी, समयानुकूल र देखिने गरि उपलब्धिपुर्ण बनाउ मद्धत गर्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया