भक्तपुर, २० फागुन । भक्तपुको कौशलटार फर्निचर उद्योगमा आगलागी भएको छ ।
मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा आइतबा राति ११ बजे तिर आगलागी भएको हो ।
आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगसँगै राजु श्रेष्ठको चार तले पक्की घरको पछाडिपट्टी पनि आंशिक क्षति पुगेको छ ।
उद्योग छेउमा रहेको दुर्गा श्रेष्ठको घरको कम्पाउण्डमा टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमा समेत आगो सल्किएर क्षति भएको छ । आसपासका तीन घरमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।












प्रतिक्रिया