३१ आश्विन २०८३, शनिबार

के ओशामा विन लादेनका छोराले फराकिलो पार्दैछन् आतंकवाद ?

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । पाकिस्तानमा अमेरिकाले मारेका आतंकवादी संस्था तालिबानी अल कायदा प्रमुख ओशामा विन लादेनपुत्र हम्जा बिन लादेनले आतंवाद बलियो बनाउन थालेको आँकलन अमेरिकाले गरेको छ ।

सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतंवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा यसैकारण पनि गरिएको बताइन्छ ।

हम्जा बिन लादेन अल कायदाका नेताका रूपमा उदाइरहेको बताइएको छ । अमेरिकाको यो शंकका आधारमा नै उनीमाथि पुरस्कारको घोषणा गरिएको हो ।

उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा नभएको बीबीसीले उल्लेख गरेको छ ।

हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ । पछिल्लो समय उनले सार्वजनिक गरिरहेका श्रव्यदृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए ।

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले भनेको छ,‘उनका बुवा ओसामा बिन लादेनलाई मारिँदा पाकिस्तानको अब्बोटावादमा सङ्कलन गरिएका पत्रमा हम्जालाई उनको उत्तराधिकारीका रूपमा अगाडि बढाइरहेको संकेत देखिन्थ्यो ।

ती पत्रहरूले उनी नै बिन लादेनका सबैभन्दा प्रिय छोरा रहेको समेत देखिन्थ्यो । उनी कहाँ छन् भन्नेबारे फरकफरक अनुमान पाइन्छन् ।

कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन् । अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा कतै लुकेर बसेका छन् भन्ने छ ।

उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको छ । एजेन्सी