काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् ।
प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जलि व्यक्त गरेका हुन् ।
गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको छ ।
दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओडाउनुभएको छ ।
मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधरणले श्रद्धान्जलि अर्पण गरेका छन् ।
श्रद्धान्जलीका लागि शबहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुंडीखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने कार्यक्रम छ ।















प्रतिक्रिया