
काठमाडौं, १५ फागुन । पाकिस्तानले आफ्नो लडाकु विमानमा खसाएको भारतले स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’
उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको उनले दावी गरे ।
यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।















प्रतिक्रिया