३१ आश्विन २०८३, शनिबार

इरानका विदेशमन्त्री जारीफद्धारा राजीनामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ फागुन । इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा गरेका हुन् ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले जरीफको राजीनामाको पुष्टि गरेको छ । ५९ वर्षीय जरीफले आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागेका छन् ।

जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए ।

जरीफ संयुक्त राष्ट्रसंघमा इरानको लागि राजदूत पनि बनेका थिए । सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।