
काठमाडौं, १२ फागुन । उत्तर कोरियाका नेता किम जङ् उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नक्कल गर्ने दुई जनालाई भियतनाम प्रहरीले पक्राउ गरेको छ ।
दुई नेताको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनाम प्रहरीले सोधपूछ गरेको हो ।
किमको अभिनय गर्ने हावर्ड एक्स र ट्रम्पको अभिनय गर्ने रसेल ह्वाइटलाई प्रहरीले स्पष्टिकरण सोधेको हो । ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए ।
उत्तर कोरियाली नेता किमसँग अमेरिकी राष्ट्रपति ट्रम्पले ‘केही सातामै’ दोस्रो शिखर सम्मेलन गर्ने घोषणा घोषणा गरेको केहि दिनमा उनीहरुले यस्तो नक्कल गरेका थिए ।
सोधपूछपछि प्रहरीले दुवैजनालाई रिहा गरेको छ । समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताए । –एजेन्सी















प्रतिक्रिया