
काठमाडौं, ७ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिर हमला पाकिस्तानका कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । भातरले पाकिस्तानलाई आरोप लगाइरहेका वेला खानले भारत प्रमाण विना बोलिरहेको बताए ।
खानले प्रमाण विना भारतले पटक पटक आरोप लगाएकोमा आपत्ति समेत प्रकट गरे । उनले मंगलबार भनेका छन्, ‘तिमीले कुनै प्रमाण नदेखाइकन पाकिस्तानी सरकारलाई आरोप लगायौ ।’
उनले उक्त घटनाको छानविनमा आफूहरु पनि सहकार्य गर्न तयार रहेको रहने बर्ताका छन् । पाकिस्तानको ‘इन्टर सर्भिसेस इन्टेलिजेन्स’ (आईएसआई)ले हमलाकारी जैस ए मोहम्मदलाई संचालन गरिरहेको आरोप भारतीय अधिकारीहरुले लगाउँदैआएका छन् ।















प्रतिक्रिया