३१ आश्विन २०८३, शनिबार

भारतका दुश्मन आतंकवादी अब्दुल रशीदको मृत्यु

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ फागुन । कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिएको भारतीय अधिकारीले जनाएका छन् ।

पुलवामा आक्रमणपछि भारतीय सेनाले गरेको कारवाहीमा तीन जना चरमपन्थी मारिएको र त्यस मध्ये ‘मास्टरमाइन्ड’ गाजी पनि रहेको दाबी गरिएको छ ।

गाजी फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ रहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए ।