३१ आश्विन २०८३, शनिबार

जापानी प्रधानमन्त्री आवेले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको ट्रम्पको खुलासा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई जापानी प्रधानमन्त्री सिन्जो आवेले नोवेल शान्ति पुरस्कारका मनोनयन गरेको दाबी गरेका छन् ।

क्षिणी सिमानामा प्रस्तावित पर्खालबारे छलफल गर्न ह्वाइट हाउसमा बोलिएको एक कार्यक्रममा ट्रम्पले यस्तो खुलासा गरे । उत्तर कोरियासँग संवाद शुरु गरेकोमा आवेले आफूलाई मनोनयन गराएको ट्रम्पले बताएका छन् ।

उनले भने, ‘सिन्जो आबेले मलाई एकदमै सुन्दर एक चिठ्ठीको प्रति पठाउनु भएको छ । सो पत्र उहाँले नोबेल पुरस्कार भनिने कुरा दिने महानुभावहरुलाई पठाउनु भएछ ।’

रिपोर्ट अनुसार दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पनि उक्त पुरस्कारको लागि ट्रम्पलाई समर्थन गरेका छन् । मूनले उत्तर कोरियासँगको सम्वाद शुरु गर्ने श्रेय ट्रम्पलाई दिएका छन् ।

पछिल्लो पटक सन् २००९ मा तत्कालिन राष्ट्रपति वाराक ओबामाले ‘आणविक हतियारहरु रहित विश्व शान्ति तथा सुरक्षा खोज्न’ अमेरिकी प्रतिवद्धता गरेबापत नोवेल पुरस्कार पाएका थिए ।