३१ आश्विन २०८३, शनिबार

पाकिस्तानका सामानमाथि भारतले लगायो दुई सय प्रतिशत शूल्क

17.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ५ फागुन । भारतले पाकिस्तानबाट आयत हुने सामग्रीमा लाग्दै आएको आयत शूल्क २०० प्रतिशत बनाएको छ।

भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत र पाकिस्तानका सम्बन्धमा थप दरार आएको छ ।

भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामावाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले लगाएको आरोप निराधार रहेको भन्दै विरोध पत्र थमाएको छ ।

घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट हटाएको भारतले शनिबार पाकिस्तानबाट आयत हुने सामानमा लाग्दै आएको कर तत्काल लागु हुने गरी २०० प्रतिशतले बनाउने निर्णय गरेको हो ।

वित्त मन्त्री अरुण जेट्लीले तत्काल लागु हुने गरी पाकिस्तानबाट भारत आयत हुने सबै सामानमा लाग्दै आएको कर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।