न्युयोर्क, ४ फागुन । अमेरिकाको इलनोइमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको छ । इलनोइको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमा अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् ।
प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारीको पनि ज्यान गएको छ । पाँचजना प्रहरीलाई गोली लागेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी प्रवक्तालाई उद्धृत गर्दै सिएनएन तथा रोयटर्सले जनाएका छन् ।
सिकागोबाट ४० माइल पश्चिममा रहेको अरोराको औद्योगिक क्षेत्रमा आक्रमण भएको हो । फ्लोरिडाको पार्कल्याण्ड स्कूलमा भएको अन्धाधुन्ध गोलीकाण्डमा १७ जनाको ज्यान गएको घटनाको वर्षदिन पुगेको भोलिपल्ट स्थानीय समय अनुसार शुक्रबार बेलुकातिर अरोरामा आक्रमण भएको हो ।
पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो । कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएका हुन् ।















प्रतिक्रिया