
काठमाडौं, २९ माघ । एक जना मन्त्रीले आफ्नै साथी तथा महिला मन्त्रीको कम्मरमा हात पुराएका छन् । प्रधानमन्त्री आउने कार्यक्रमको स्वागतका लागि तयार भएका बेला महिला मन्त्रीको कम्मरमा हात पुराएकोप्रति विपक्षीले आलोचनामात्र होइन, कारबाहीको लागि माग गरेका छन् ।
यो खबर छिमेकी मुलुक भारतको हो । त्रिपुुरा राज्यका मनोज कान्ती देवले उनकी सहकर्मी सामाजिक सुरक्षा तथा शिक्षा मन्त्री सन्तना चकमाको कम्मरमा हात पुराएका थिए । त्रिपुरामा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि उनीहरू स्टेजमा थिए ।
मनोज कान्ती भारतीय जनता पार्टीबाट मन्त्री छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ । कतिपयले मन्त्री कान्तिलाई कारबाहीको माग पनि गरेका छन् ।
शनिबार भएको उक्त घटनालाई लिएर त्रिपुुराको विपक्षी दल लेफ्ट फन्टले मन्त्रीमाथि कारबाहीको माग गरेको हो । कान्ति खाद्य, युवा सरोकार मन्त्री हुन् । तर भाजपाले उक्त मागलाई वेवास्ता गरेको छ । मन्त्रीलाई कारबाही भएको छैन । ति महिला मन्त्रीले भने कुनै पनि उजुरी गरेकी छैनन् । (इन्डिया टुडे)















प्रतिक्रिया