आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

सरस्वती पुजाको कार्यक्रममा सांसदको हत्या

दैनिक नेपाल २०७५ माघ २७ गते १७:३०

कोलकाता, २७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायक/सांसदको हत्या गरेका छन् ।

पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो ।

गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

“कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,” प्रहरीले भनेकाे छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाउनु भएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित