मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

पाकिस्तानी महिला अधिकारकर्मी हिरासतमुक्त

दैनिक नेपाल २०७५ माघ २५ गते ६:४६

इस्लामाबाद, २५ माघ । पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त भएकी छिन ।

अरु १७ जनासहित पक्राउ परेकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उनलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ ।

उनीहरुलाई पठान संबद्र्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए ।

‘यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहा थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ’, उनले हिरासतमुक्त भएपछि एएफपीसँग भनेकी छिन ।

उनी जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक हुन । विशेष गरेर लैङ्गिक समानताका लागि काम गर्दै आएकी इस्माइलीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छिन ।

प्रतिक्रिया
सम्बन्धित