३१ आश्विन २०८३, शनिबार

प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २४ माघ । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेकी छिन ।

पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गरेका हुन ।

महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गरेको काँग्रेसले जनाएको छ ।

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।

पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ ।

झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन । एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका छन ।

विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बनेकी छिन ।

उनले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उनलाई सहजै हेर्न थालिएको छ ।

करिब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ ।