मुम्बई । बलिउड फिल्ममा प्रेम, रिलेशनसिप र ब्रेकअप जसरी देख्न सकिन्छ । त्यस्तै सेलिब्रेटीको रियल जीवनमा पनि हुने गरेका छन् ।
अभिनेत्री हुन् वा अभिनेता, एकभन्दा बढीसँग प्रेम र रोमान्स उनीहरुको लागि सामान्य कुरो हो । बलिउडमा केही कलाकार यस्ता पनि छन् । जसको रिलेशनसिपमा पनि रेकर्ड बनेको छ ।
कंगना रनौत बलिउडकी क्वीन हुन् । अभिनय करियर सुरु हुनु पहिले नै आदित्य पञ्चोलीसँगको रिलेशनसिपमा रहेर सनसनी मच्चाएकी थिइन् । कंगना अहिले बलिउडकी सफल अभिनेत्री मध्येकी एक हुन् ।
उनको अहिलेसम्म ५ अफेयर्स रहेका छन् । अहिले सिंगल रहेकी कंगनाको नाम आदित्यपछि अध्ययन सुमन, अजय देवगन, निकोलस लेपर्टी र ऋतिक रोशनजस्ता व्यक्तिसँग पनि जोडिएको थियो ।
बलिउडकी सबैभन्दा चुलबुले अभिनेत्रीमा पर्दछिन् आलिया भट्ट । प्रेम रिलेसनसिपको कारणले पनि उनले निकै चर्चा बटुली सकेकी छन् । उनी पछिल्लो समय रणवीर कपुरका साथ रिलेसन सिपमा रहेकी छन् । यस अगाडि उनको नाम सिद्धार्थ मल्होत्रा, अर्जुन कपूर, क्वीन मितल, अली ददाकर र उनको साथी रमेश दुबेसँग पनि जोडिएको थियो । अहिलेसम्म ६ अफेयर उनको रहेको छ ।
अनुष्का शर्मा अहिले क्रिकेटर विराट कोहलीकी पत्नी हुन् । तीन खानका साथ अभिनय गरेकी अनुष्काको विराट भन्दा पहिले रणवीर सिंह, शाहिद कपूर, अर्जुन कपूर, सरेश रैना, जोहेव युसुफ र रणवीर कपूरसँग पनि नाम जोडिएको थियो । उनको अहिलेसम्म ७ अफेयर्स बाहिर आएका छन् ।
बलिउडदेखि हलिउडसम्म अभिनयको जादु छर्न सफल अभिनेत्री प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग विवाह गरेकी छन् । विवाह पहिले उनी धेरै जनासँगको रिलेसनसिपमा रहेकी थिइन् । असीम मर्चेन्ट, हरमन बवेजा, शाहिद कपूर, अक्षयकुमार, शाहरुख खान लगायत अन्य केही व्यक्तिसँग उनको नाम जोडिएको थियो ।
अहिले बलिउडकी सबैभन्दा महँगी तथा डिमान्डेट अभिनेत्री हुन् दीपिका पादुकोण । उनले गतवर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छन् । अहिलेसम्म उनको ९ जनासँगको अफेयर बाहिर आएको छ ।
उपेन पटेल, सिद्धार्थ माल्या, रणवीर कपूर, निहार पंड्य, मुज्जमिल इब्राहिम, एमएस धोनी, युवराज सिंह, रवि चौहान जस्ता व्यक्तिसँग उनको नाम जोडिसकेको छ । एजेन्सी















प्रतिक्रिया