३१ आश्विन २०८३, शनिबार

ब्राजिलको बाँध भत्किँदा वेपत्ता ३०० जना जीवित पाइने आशा झिनो

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिल, १३ माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् ।

शुक्रबार दिउसो करिब १ बजे भएको उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको ३०० भन्दा बढी व्यक्ति हराइरहेका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि वेपत्ता बनेका कसैलाई पनि शनिबार जीवित उद्धार गर्न नसकिएको उनीहरूले बताएका छन् ।

मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई भने, ‘उद्धार प्रयास निरन्तर भइरहेपनि घटनामा परेका व्यक्तिहरू जीवितै पाइने आशा झिनो बनेको छ ।’

घटनापछि ब्राजिलका राष्ट्रपतिले आफ्नो डाभोस सम्मेलनको कार्यक्रमलाई छोट्याएर शुक्रबार नै स्वदेश फर्किनुभएकोमा शनिबार घटनास्थल जाने कार्यक्रम छ । यस अघि उक्त घटनामा १५० जना वेपत्ता बनेको बताइए पनि शनिवार सरकारी अधिकारीहरूले नै उक्त सङ्ख्या ३०० को हाराहारीमा रहेको हुनसक्ने बताएका छन् ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरको करिब ३९ हजार जनसङ्ख्यामा प्रभाव परेको बताइएको छ । बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैका घरहरू, सडकहरू, तरकारी तथा अन्य बालीमा प्रभाव परेको अधिकारीले जनाएका छन् ।