५ कार्तिक २०८३, बिहिबार

अमृता र साराद्वारा सुरक्षाको माग गर्दै पुलिस कार्यालय पुगे

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका सारा अली खान र उनकी आमा अमृता सिंहले देहरादून प्रहरीमा जमीन सुरक्षाको लागि निवेदन दिएका छन् ।

देहरादूनमा अमृताका मामाको करोडौं पर्ने जमीन छ । जमिनमा भूमाफियाले नजर लगाएको उनीहरूको आरोप छ ।

भूमाफियाले कब्जा गर्न सक्ने भन्दै उनीहरूले जमीनको सुरक्षाका लागि प्रहरीमा निवेदन दर्ता गराएका हुन् ।

अमृता सिंहका मामा मधुसूदन बिमबेटको शनिबार मृत्यु भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।

अमृता आफ्ना मामा मधुसूदनको अन्तिम संस्कारमा सहभागी भएकी थिइन । साँझ प्रहरी चौकी गएर जमीन सुरक्षाका लागि लिखित निवेदन दर्ता गराएकी हुन ।

अमृता सिंहले प्रहरीलाई जानकारी गराए अनुसार उनका मामा मधुसूदन बिमबेट देहरादूनमा एक्लो जीवन बिताइरहेका थिए ।

जबसम्म उनको परिवारका अन्य व्यक्तिहरू पुग्दैनन् तबसम्म जमीनको सुरक्षा गरिदिन उनले प्रहरीलाई आग्रह गरेकी हुन् ।

मधुसूदन बिमबेटको जमीनमा उनको हेरचाह र रेखदेख गर्ने शेरसिंहले पनि आफ्नो हक दाबी गरेका छन् ।

अमृता सिंह र उनका मालिक मधुसूदनका बीचमा राम्रो सम्बन्ध थिएन । उनले पनि यसबारेमा प्रहरीलाई लिखित निवेदन दिएका छन् । एजेन्सी