५ कार्तिक २०८३, बिहिबार

घोराहीमा खुल्यो नयाँ प्रविधिसहितको ‘मनकाशी सिनेप्लेक्स’

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ५ माघ । युवा व्यवसायी सुनील राजभण्डारीले दाङ जिल्लाको घोराहीमा सुविधा सम्पन्न फिल्म हल सञ्चालनमा ल्याएका छन् ।

राजभण्डारीले शुक्रबारदेखि घोराहीमा पहिलो पटक अत्याधुनिक प्राविधिसहितको ‘मनकाशी सिनेप्लेक्स’ सञ्चालनमा ल्याएका हुन् । यो फिल्म हलमा राजधानीका क्युएफएक्स र मल्टिप्लेक्सका हलमा पाइने सुविधाहरू उपलब्ध गराइनेछ ।

दाङ जिल्लामा एक दर्जनभन्दा धेरै फिल्म हलहरू छन् । ती फिल्महरूमा नयाँ प्रविधि र सुविधाहरू छैनन् । ‘मनकाशी सिनेप्लेक्स’ले दाङका फिल्महरूमा नभएको सुविधा र सुरक्षा प्रदान गर्नेछ ।

हलको उदघाटन राष्ट्रिय सांसद एवं वरिष्ठ गायिका कोमल ओलीले गरेकी हुन ।

राजभण्डारीका अनुसार फिल्म हल सञ्चालनमा ल्याउन झण्डै तीन करोडको लगानी लागेको छ । फिल्म हलमा सरसफाइ, सुरक्षा र पारिवारिक वातावरणलाई ध्यान दिइएको छ ।

हलभित्र कुनै पनि मादक पदार्थ, चुरोट, सर्ती, हातहतियार लैजान पाइनेछैन ।

सिनेप्लेक्समा अध्याधुनिक साउण्ड स्टिम ७.१, डिजिटल एचडी प्रोजेक्टर जस्ता नयाँ प्रविधिहरू प्रयोग भएका छन् । दर्शकले हलमा उच्च क्वालिटीमा नेपाली, हिन्दी र अंग्रेजी सिनेमाहरू हेर्न सक्नेछन् ।

‘मनकाशी सिनेप्लेक्स’मा दर्शकले आरामदायी कुर्सी र सुविधा सम्पन्न क्याफे, पार्किङको सुविधा पाउनेछन् ।

बिहान ११, अपरान्ह ३ र बेलुकी ६ बजे गरी दिनमा तीन शो चल्नेछ । शनिबार बिहान ८ बजेको शोसहित दिनमा चार शो चल्नेछ ।

एक सय ५० जना सिट संख्या रहेको सिने कम्प्लेक्सको शुल्क दुई सय ५० र तीन सय रुपियाँ रहेको छ ।

शनिबार चल्ने बिहानको शोमा भने विद्यार्थीलाई आइडी कार्डमार्फत टिकटमा ५० प्रतिशत डिस्काउन्ट दिइनेछ । सिधै फोन गरेर पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

राजभण्डारीका साथै ओम जैसी र ललित श्रेष्ठले संयुक्त रुपमा सिनेप्लेक्स सञ्चालन गरेका हुन् ।

दर्शकहरूको सुरक्षाका लागि हेरक ठाउँमा सीसीक्यामरा समेत जडान गरिएको छ । गलत कार्य गर्नेहरूलाई सीसीक्यामराबाट निगरानी गरिने राजभण्डारीले बताए ।