३१ आश्विन २०८३, शनिबार

सुडानको मन्त्रीपरिषदद्वारा सार्वजनिक क्षेत्रको तलब बृद्धिको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खार्टुम, ४ माघ । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ ।

सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो ।

यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए।

दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका छन ।

गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।

पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ ।