५ कार्तिक २०८३, बिहिबार

डन दिपक मनाङे : संसद छिर्न पाएनन्, फिल्म तिर छिरे

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङका प्रदेश सभा सदस्य तथा डन भनिने राजीव गुरुङ उर्फ दिपक मनाङे फिल्म निर्माणमा लागेका छन् ।

उनको परोक्ष लगानी रहेको वान वे भन्ने फिल्म आएको थियो । जसको पर्दाअगाडीका लगानीकर्ता चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई थिए । उक्त फिल्ममा मनाङेका छोरा सिद्धार्थ गुरुङलाई मुख्य अभिनेता बनाइएको थियो ।

मनाङले निर्माण गर्ने फिल्मको निर्देशक शिशिर राणा हुनेछन् । त्यसका लागि रेड वर्ड प्रडक्शन व्यानर नै तयार पारिएको छ । फिल्मका प्रस्तोता श्याम थापा, कार्यकारी निर्माता रघु परियार र किरण नेपाली रहेको बताइएको छ ।

फिल्मको गीत तयार भए पनि कथा र नाम तयार भएको छैन ।