५ कार्तिक २०८३, बिहिबार

प्रियाको बलिउड फिल्म विवादित, अब मुद्धा खेप्नुपर्ने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । स्कुल ड्रेसमा आँखा झिम्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी नायिका प्रिया प्रकाश वारियर अब बलिउड डेब्यू गरिरहेकी छिन् ।

उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै यस फिल्मको चर्को विवाद भइरहेको छ ।

अभिनेत्री श्रीदेवीका श्रीमान तथा फिल्म निर्माता बोनी कपूरले यस फिल्मका निर्देशक, निर्माता तथा अभिनेत्रीलाई लिगल नोटिस पठाएका छन् । यस कुराको जानकारी फिल्म ‘श्रीदेवी बंगलो’ निर्देशक प्रशान्त मम्बुलीले दिएका छन् ।

फिल्मका निर्देशकले अभिनेत्री श्रीदेवीको नाम तथा श्रीदेवीको मृत्युको दृश्यको छायाकंनको लागि बोनी कपूरसँग अनुमति नलिइएको आरोप लगाइएको छ ।

निर्देशकले भने यस आरोपलाई अस्वीकार गर्दै श्रीदेवी नाम साझा नाम रहेको र फिल्मको कथा अभिनेत्रीको जीवनमा आधारित भएपनि अभिनेत्री श्रीदेवीको जीवनसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

बोनी कपूरले कानूनको सहायता लिँदै नोटिस पठाए पनि आफू पनि यसविरुद्ध लड्ने बताएका छन् ।

अभिनेत्री प्रिया प्रकाश वारियरले भने यस विषयमा कुनै पनि किसिमको प्रतिक्रिया दिन अस्वीकार गरिरहेकी छिन् । एजेन्सी