काठमाडौं, १ माघ । बैठकमा मत बाझिएर छलफल स्थगित भएपछि कार्यदल सदस्यहरू पूर्वनिर्धारित आ–आफ्नै नियमित काममा व्यस्त छन् ।
मुख्यमन्त्री शंकर पोखरेल पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै पछिल्लो बैठकमा जानकारी गराएर ५ दिनका लागि प्रदेश फर्किएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अर्का सदस्य लेखराज भट्ट पार्टीको सुदूरपश्चिम प्रदेशको बैठकमा भाग लिन धनगढी पुगेका छन् । ‘मैले कार्यदलमा पार्टीको बैठक र माघी कार्यक्रममा भाग लिनुपर्ने जानकारी गराएर हिँडेको हुँ,’ भट्टले भने, ‘अब माघेसंक्रान्तिपछि मात्र कार्यदलमा थप छलफल हुन्छ ।’
त्यस्तै, सरकारको जिम्मेवारीमा रहेका रक्षामन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन सरकारी काममा व्यस्त बनेका छन् । विष्णु पौडेल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पार्टी र संसद्को काममा तथा अर्का सदस्य वेदुराम भुसाल आन्तरिक काममा व्यस्त बनेका छन् ।
कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सबै व्यस्त भएकाले छलफल रोकिएको बताए । ‘सबैको समय नमिलेकाले अहिलेलाई कार्यदलमा छलफल स्थगित छ,’ पाण्डेले भने, ‘फेरि छलफललाई निरन्तरता दिएर छिट्टै टुंग्याउने प्रयासमा छौँ ।’















प्रतिक्रिया