९ कार्तिक २०८३, सोमबार

तरुलमा पनि परनिर्भर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको) सिम्मल (तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ ।

‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर घटेको छ ।’ महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ गतेदेखि ३० गतेसम्म) मा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको छ ।

‘गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढ्यो,’ अध्यक्ष घिमिरेले भने, ‘अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर यो वर्ष बजार थपिएको छ ।’

उनका अनुसार तरुलको मुख्य कारोबार हुने स्थल कालिमाटी तरकारी बजार हो । यो बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको छ । गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो।