५ कार्तिक २०८३, बिहिबार

दर्शकले मनपराए निखिलको ‘भिलेन’

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता निखिल उप्रेती फिल्म ‘भिलेन’ले राम्रो व्यापार गरेको छ । शुक्रबार रिलिज भएको ‘भिलेन’ले शनिबार बेलुकासम्म आशा लाग्ने व्यापार गरेको हो ।

कपिल खत्रीद्वारा निर्माण गरिएको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा निखिलका साथै कपिल खत्री, निशा अधिकारी, शिल्पा पोखरेलसहितका कलाकारहरूको अभिनय रहेको छ ।

एक्सन र द्वन्द्वत्मक प्रेम कथालाई ‘भिलेन’ले फिल्ममा देखाएको छ । तराई र पहाडबीचको प्रेम कथालाई निर्देशक पाण्डेले फिल्ममा उतारेका छन् ।

‘भिलेन’ले ‘चौका दाउँ’लाई व्यापारमा उछिनेको वितरकहरूले बताएका छन् । ‘भिलेन’को टिमले पनि अरु फिल्मको भन्दा राम्रो कमाइ गरेको दाबी गरेका छन् ।

जोडतोडले प्रचार प्रसार भएको ‘चौका दाउँ’ले हलमा मान्छे तान्न सकेन । तर, निखिल उप्रेतीको एक्सन हेर्न ‘भिलेन’मा दर्शक आएको फिल्महरूको दाबी गरिएको छ ।