शनिबार, २८ पुष २०७५
DainikNepal.com
शनिबार, २८ पुष २०७५

मिस र मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल अदिती र दुर्गा

दैनिक नेपाल २०७५ पुष २८ गते १८:२६

काठमाडौं, २८ पुस । मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को ताज दुर्गा विसुरालले पहिरेकी छन् । प्रतियोगिता अन्तर्गत मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को उपाधि भने अदिती श्रेष्ठले जितेकी छन् ।

शुक्रबार शंकर होटलमा सम्पन्न प्रतियोगितामा उनीहरु छनोट भएका हुन् । प्रतियोगिता ईप्लानेटले सञ्चालन गरेको हो ।

उनीहरु दुबैले सिगांपुर–द गार्डेन सिटीमा आयोजना हुने मिस/मिसेज हेरिटेज ईन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने छन् । प्रतियोगिता फेब्रुअरी १२ देखि १७ सम्म हुँदै छ । प्रतियोगितामा ४० देश सहभागी रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित