बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

‘पहिलो नम्बरमा…’ले तीन करोड भ्यू पाएपछि गायिका परियार खुसी

दैनिक नेपाल २०७५ पुष २७ गते १०:५५

काठमाडौं । दीपाश्री निरौलाद्वार निर्देशन गरिएको फिल्म ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा…’ बोलको गीतले अहिले पनि दर्शक स्रोतहरूको मन जित्न सफल भएको छ ।

गायिका विन्दु परियार र गायक डेभिड शंकरको स्वर रहेको ‘पहिलो नम्बरमा…’ बोलको गीतले युट्युबमा तीन करोडभन्दा धेरै भ्यु पाएको छ ।

व्यावसायिक रुपमा सफल मानिएको ‘छक्का पञ्जा ३’को गीतले गायिका परियारको गायन क्षेत्रमा यूटर्न गरिदिएको छ ।

‘पहिलो नम्बरमा गीत हिट भएपछि मलाई पनि व्यक्तिगत रुपमा राम्रो भएको छ’, गायिका परियारले भनिन्, ‘मलाई अवसर दिनुहुने ‘छक्का पञ्जा ३’ टिम, गीतकार राजेन्द्र थापा र संगीतकार दीपक शर्मालाई धन्यावाद दिन चाहन्छु ।’

यसअघि गायिका परियारले स्वर दिएको ‘मंगलम’ फिल्मको ‘पर्ख पर्ख मायालु…’ बोलको गीतले पनि युट्युबमा तीन करोड २५ लाख भ्यु पाएको थियो ।

आफूले स्वर दिएका गीतहरूले युट्युबमा राम्रो भ्यु पाएपछि गायिका परियार खुसी छिन् । गीतमा अवसर दिने सबैलाई उनले स्मरण पनि गरेकी छिन् ।

गायिका परियारले स्वर दिएका अरु पनि थ्रुपै गीतहरूलाई दर्शक स्रोताले मन पराइदिएका छन् । भनिछन्, ‘अहिलेसम्म सबैले मेरो स्वर मन पराइदिनुभएको छ । आगामी दिनमा पनि त्यही अपेक्षा राखेको छु ।’

प्रतिक्रिया
सम्बन्धित