मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

अमरेश, जनार्दनसहितका नेताहरूको घरबाट तानिए सुरक्षाकर्मीहरू

दैनिक नेपाल २०७५ पुष २७ गते ७:३७

काठमाडौं, २७ पुस । नेतालगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।

बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस सांसद अमेरशकुमार सिंहले राखेका प्रहरी फिर्ता गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शर्माको सुरक्षामा खटिएका नौ तथा तथा सिंहको सुरक्षाको नाममा खटिएका कार्यालय सहयोगीसहित तीनजनालाई प्रहरी प्रधान कार्यालयले तानेको छ ।

त्यसअघि पूर्वमन्त्री टेकबहादुर गुरुङ, गोविन्दराज जोशी र रामकृष्ण यादवले पिएसओका रूपमा दुरुपयोग गर्दै आएका प्रहरी फिर्ता गरिएको थियो ।

पूर्वसभामुख ओनसरी घर्तीले प्रयोग गर्दै आएको स्कर्टिङ पनि फिर्ता गरिएको छ । पतञ्जली योगपीठ नेपालमा ट्रस्टी शालिग्राम सिंहले अवैध रूपमा एक प्रहरी जवानलाई पिएसओका रूपमा लिएका थिए । उनलाई पनि फिर्ता गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित