बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

हैसियतविना चारजना सुरक्षाकर्मी राख्ने यी हुन पूर्वएआइजी विजयलाल कायस्थ

दैनिक नेपाल २०७५ पुष २७ गते ७:३०

काठमाडौं, २७ पुस । नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो ।

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् ।

त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ । पूर्वएआइजीहरू मधु पुडासैनीबाट दुई, पंकज श्रेष्ठबाट एक, कमलसिंह बमबाट दुई, अमरबहादुर शाहबाट एक, हेमन्तबहादुर पालबाट तीन, रणबहादुर चन्दबाट तीन, बमबहादुर भण्डारीबाट दुई, दीपक थाङदेनबाट दुई र विजयकुमार भट्टबाट दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । एआइजीले अवकाशपछि पिएसओ सुविधा पाउने कार्यविधिमा उल्लेख छैन ।

तर, विशिष्ट श्रेणीको अधिकृत भएकाले एकजनासम्म सहयोगी प्रहरी प्रधान कार्यालयले खटाउँदै आएको छ । केहीले केही दिनका लागि भनेर अवकाशपछि लिएर जाने र फिर्ता नै नगर्ने चलन रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ ।

प्रतिक्रिया
सम्बन्धित