दक्षिण कोरिया, २७ पुस । चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकार्नुभएको कोरियाली समाचार संस्था (केसीएनए)ले बिहीबार जनाएको छ ।
‘चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ’, केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ ।
‘मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण योजनाबारे बताउनुभएको छ’, किमले स्वदेश फर्केपछि उक्त उत्तर कोरियाली समाचार संस्थासँगको कुराकानीमा बताएको जनाइएको छ ।
यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन ।
यदि सी भ्रमणमा आउनुभएमा यो चिनियाँ राष्ट्रपतिद्वारा प्योङयाङ आठ बर्ष पछि प्योङयाङ जानेछन । यस पहिले सन् २०११ मा पूर्व नेता स्वर्गीय किम जोङ–इलको नेतृत्व रहेका समय तत्कालिन राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए ।















प्रतिक्रिया