५ कार्तिक २०८३, बिहिबार

दमदार कथा र एक्सनका साथ पुस २७ मा आउँदै छ निखिलको ‘भिलेन’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुस २७ गते रिलिज डेट नजिकिँदै गर्दा कपिल खत्रीद्वारा निर्माण गरिएको फिल्म ‘भिलेन’ले सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएर बसेको छ ।

‘भिलेन’ले सेन्सरमा पिज सर्टिफिकेट पाएको हो । ‘भिलेन’ पुस २७ गते शुक्रबार राजधानीसहित देशभरि एक साथ रिलिज हुनेछ । ‘भिलेन’को टिमले अहिले प्रचार प्रसारमा सक्रिय भएको छ ।

‘भिलेन’को कथा तराई र पहाडको मायाप्रेमलाई देखाउन खोजिएको छ । एक्सन र कमेडीले भरिएको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन ।

२७ गते रिलिज हुन लागेको ‘भिलेन’मा नायक निखिल उप्रेती र नायिका शिल्पा पोखरेलका साथै कपिल खत्री, निशा अधिकारी लगायतको भूमिका रहेको छ ।

‘भिलेन’मा शिल्पाले चौधरी परिवारकी छोरीको भूमिकामा निभाएकी छिन । द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा ‘भिलेन’लाई निर्माण गरिएको छ ।

बलबहादुर श्रेष्ठ ‘शीतल’ले निर्माण गरेको ‘भिलेन’मा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता हुन् ।

राजकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत तथा शुक्रराज साहको द्वन्द्व रहेको छ ।