
चितवन । १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट प्राप्त गरेको बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’को प्रिमियर शो चितवनको नारायणगढमा हुने भएको छ ।
आइतबार मात्रै बालबालिकाले पनि हेर्न मिल्ने गरि पिजी सर्टिफिकेट प्राप्त गरेको चलचित्र चौका दाउको प्रिमियर शो यहि पुस २६ गते बिहिबार साँझ ६ बजे चितवनको सुबिधा सम्पन्न क्यूएफएक्स जलमा सिनेमा हल नारायणगढमा गर्न लागिएको लक्की मिडिया हाउस चितवनका महाप्रवन्धक एंव कार्यक्रम संयोजक हरी कार्की लक्कीले जानकारी दिए ।
वरिष्ठ कलाकाहरुको साथमा हुने प्रिमियर शो कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिएका कलाकारसँगै चितवनमा विभिन्न क्षेत्रमा आवद्व रहेका व्यक्तिहरुलाई सम्मान समेत गरिने उनको भनाई छ ।
हास्यप्रधान चलचित्रको निर्देशन पूणेन्द्र झाको रहेको छ भने चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी छन् । चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ ।
चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले संगीत छ भने चलचित्रको परिकल्पनाकार, कथाकार पनि बास्कोटा नै हुन् । पटकथा अभिमन्यु निरवीको छ । चौका दाउमा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ ।















प्रतिक्रिया