
ढाका, १३ पुस । बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् ।
आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् ।
विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो ।
दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गरेका थिए ।
बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहेका छन् ।
गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । –एजेन्सी















प्रतिक्रिया