५ कार्तिक २०८३, बिहिबार

अनुभवबाट सिक्दै संघीयतालाई मजबुद बनाउनुपर्छ : प्रधानमन्त्री ओली

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजबुद बनाउनु पर्ने बताएका छन् ।

अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताए । “मूख्य मन्त्रीको कार्यलय,प्रदेश मन्त्रीको कार्यलय,आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भने, “अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुष गरेका हौंला । खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघियता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं । ”

संघीयता कार्यन्वयनका लागि सरकारले गति बढाउनु पर्दछ । “हामी गलत बाटोमा गएका छैनौ । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ” प्रधानमन्त्री ओलीले भने ।

संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

आइतबारको बैठकमा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राखेका छन् । बाँकी तीनवटा प्रदेशका मूख्यमन्त्रीहरुले सोमबार धारणा राख्ने कार्यक्रम छ ।

आइतबारको बैठकमा संघीयता कार्यन्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुका विषयमा प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिबहरुले जानकारी गराएका थिए ।

अर्को बैठक सोमबार बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।